Logo

त्रिविको उत्तरपुस्तिका धुल्याएको विवादास्पद प्रकरणमा काठमाडौं एसएसपी श्याम ज्ञवालीविरुद्ध उजुरी



काठमाडौं, २१ असोज । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएको प्रकरणमा अनुसन्धान नगरी तमेलीमा राखेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीसहित प्रहरीहरुविरुद्ध उजुरी दर्ता भएको छ त्रिविको भौतिकशास्त्र अन्तगत क्वान्टर मेकानिक्सका पीडित विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवाली, डिएसपी सोमेन्द्र सिंह राठोर,, देवीप्रसाद पौडेलसहित प्रहरीहरु उपर आइजीपी शैलेश थापासमक्ष कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा पौडेलले घटनाबारे आवश्यक अनुसन्धान तहकिकातका अलावा आवश्यक प्रमाण समेत संकलन नगरी तामेलीमा राखेको उल्लेख छ । उजुरीमा भनिएको छ, ‘अन्य आवश्यक प्रमाण समेत बुझाउँछु भन्दा समेत बुझ्नुपर्ने पक्ष म जाहेरवाला समेतलाई नबुझी दिनुपर्ने सूचना लुकाई, शक्तिशाली मानिसहरु अभियुक्त रहेकोले कारवाही गर्न नसक्ने, गरे आफैले उल्टो अनावश्यक दुःख हैरानी व्यहोर्नु पर्ने भएकाले अनुसन्धान नगरी तामेलीमा राखिएको भनी कायरता तथा लाचारी देखाइएको छ ।’

जिल्ला सरकारी वकील कार्यालयलाई तामेलीमा राख्ने राय सहितको गलत प्रतिवेदन बुझाई कसुरतारलाई उम्काउने नियत राखेको समेत उजुरीमा उल्लेख गरेका छन् ।

आशिष पौडेलले उजुरीमा भनेका छन्, ‘महानगरीय प्रहरी परिसरका प्रहरि कर्मचारीद्वारा ‘प्रमाण लोप’ गरेको कसुरमा जाहेरी दर्ता गरेकोमा अभियुक्तलाई जोगाउने नियतले सरकारि वकिलको कार्यालयमा गलत प्रतिवेदन बुझाइएको देखिएकोले निजहरुलाई प्रहरि ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्मको कारवाहि गरि पाउँ ! साथै यसै उजुरी साथ जाहेरीको अनुसन्धान तहकिकात बढाउन मिल्ने गरि थप प्रमाण पेश समेत गरेको हुँदा प्रचलित कानुन बमोजिम अनुसन्धान तहकिकात गरि पाउँ ! यसै उजुरीसाथ अन्य आवश्यक कागजात संलग्न गरेको छु ! कसुर सम्बन्धि अन्य व्यहोरा संलग्न कागजातमार्फत नै बुझि पाउँ !’

पौडेलले तामेलीमा राख्दा प्रहरी कर्मचारीद्वारा अनुसन्धानमा तहकिकात गर्दा प्रमाण नबुझिएको बुँदा समेत उल्लेखगरेका छन् । जसमा उत्तरपुस्तिका लगायत परीक्षा सम्बन्धी अभिलेखहरु नष्ट गर्दा सम्बन्धित डीनको कार्यालयले कुन मितिको जलाएको हो ? वारदात मिति खुल्ने गरी तयार गरी उठाएको मुचुल्का नबुझिएको, राष्ट्रिय सतर्कता केन्द्रलाई २० मंसिर २०७६ मा त्रिवि विज्ञात तथा प्रविधि अधययन संस्थानमा कार्यालय प्रमुख भई कार्यरत प्रा.डा. रामप्रसाद खतिवडाले उत्तरपुस्तिका शिलबन्दी गरी सुरक्षित रुपमा राखिएको, नष्ट नगरिएको भनी बुझाएको पत्र नबुझिएकोलगायतका विषय समावेश गरेका छन् ।

२९ पौष २०७५ र ५ असोज २०७६ मा त्रिवि स्नातकोत्तर तथा भौतिकशास्त्रको प्रथम सेमेष्टरको पुरानो कार्षको आंशिक तर्फको क्वान्टर मेकानिक्स विषयसँग सम्बन्धित परीक्षामा पाठ्यपुस्तकभन्दा बाहिरको प्रश्नहरु सोधिएको भन्दै विवाद भएको थियो । यसबारे त्रिवि, अख्तियार, सतर्कता केन्द्र, शिक्षा मन्त्रालयलगायत निकायमा उजुरी परेको छ । सर्वोच्च अदालतमा दायर भएको उत्प्रेषण रिट निवेदनमा उत्तर पुस्तिकाहरु र परीक्षासँग सम्बन्धित अन्य अभिलेखहरु प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सुरक्षित राख्नु भनी ३० असार २०७७ मा आदेश जारी भएपनि धुल्याएको विषय विवादमा परेको छ ।

एउटा प्रश्नपत्रले शिक्षा क्षेत्रमा ल्याएको तरंग

अख्तियारद्वारा त्रिविको उत्तरपुस्तिका नष्ट गरिएको प्रकरणमा छानविन

विवादित उत्तरपुस्तिका नधुल्याउनु भन्दै शर्तकताले लेख्यो त्रिविलाई पत्र (पत्रसहित)

(फलोअप समाचार) त्रिविको प्रश्नपत्रमाथि प्रश्नै प्रश्न, शिक्षामन्त्रीले कावा उपकुलपतिलाई दिए कारबाहीको निर्देशन



प्रतिक्रिया दिनुहोस्

Screenshot