Logo

मन्त्रिपरिषद हेरफेरमा प्रचण्डको असन्तुष्टि !



काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) साँझ मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ । मन्त्रिपरिषद हेरफेरबारे अर्का अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टि बाहिरिएको छ । दाहालले यसमा आफ्नो सहमति नभएको कुरा बताएका छन् । उनको सचिवालयले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार मन्त्रिपरिषद हेरफेरमा अध्यक्ष दाहालको पूरै असन्तुष्टि छ ।

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद हेरफेर : विष्णु पौडेल अर्थमन्त्री (कसलाई के जिम्मेवारी )

सचिवालयले भन्यो,‘मन्त्रिपरिषद हेरफेरमा अध्यक्ष दाहालको पूरै असन्तुष्टि छ । उहाँले अहिलेको अवस्थामा सामान्य हरेफेर नगरौं, गर्ने हो भने म्यासिभ रुपमा गरौं र एकखालको सन्देश दिउँ भन्ने थियो । तर, प्रधानमन्त्रीले मान्नुभएन । आज भएको अध्यक्षद्धयको भेटवार्तामा पनि अध्यक्ष दाहालले सामान्य हेफेर नगरौं नै भनेर जोड गर्नुभएको थियो । यसमा उहाँको असन्तुष्टि छ ।’ तर, दाहालले भनेजस्तो अलिक म्यासिभ रुपमा ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्न नसकिने जवाफ दिएका थिए ।

रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएपछि ईश्वर पोखरेल प्रधानमन्त्री भेट्न बालुवाटारमा

प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् भने सहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ ल्याएका छन् । र, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयको नेतृत्व दिएका छन् । सञ्चार मन्त्रालयको भने यसअघि महिला, बालबालिका मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङलाई जिम्मेवारी दिएका छन् । अरु मन्त्रीहरुको जिम्मेवारी यथावत छ । File Photo/ReportersNepal

पार्वत गुरुङलाई सञ्चारमन्त्रालयको जिम्मेवारी



प्रतिक्रिया दिनुहोस्

Screenshot