Logo

दाहाल क्याम्पमा सचिवालयका ६ जना, ओलीले अब अलग–अलग जाऔं भनेको दाहालको ब्रिफिङ



काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। यो विवादका कारण कतै पार्टी फुट्ने त होईन ? भनेर आम नेता तथा कार्यकर्तामा चिन्ता थपिएको छ । हिजो अपरान्ह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले करिब एक घण्टा एक्लाएक्लै भेट गरेका थिए । अध्यक्षद्धयबीचको भेटवार्ता सन्तोषजनक नभएको नेताहरुले संकेत गरेका थिए ।

दुवै पक्ष अब कसरी अघि बढ्ने भन्ने रणनीतिमा जुटेका छन् । दाहाल समूहमा वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उभिएका छन् । यसअघि गौतम र थापा ओली पक्षमा उभिएका थिए । तर, पछिल्लो समय ओलीले पार्टीका निर्णयलाई लत्याएर एकलौटी गरेको भन्दै गौतम र थापा पनि ओलीसँग असन्तुष्ट बनेर दाहाल क्याम्पमा आएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे दाहालले आज आफूनिकट नेताहरुसँग खुमलटारमा ब्रिफिङ गरेका छन् । उक्त भेटवार्तामा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार हिजोको भेटमा ओलीले दाहाललाई अब सँगै जान नसकिने भएकोले अलग अलग जान प्रस्ताव गरेका थिए ।

दाहाल क्याम्पमा सचिवालयका ६ जना, ओलीले अब अलग–अलग जाऔं भनेको दाहालको ब्रिफिङ

उनले भने,‘आज हामी ६ जनाको बैठक बसेको छ, अध्यक्ष दाहालले हिजो अर्का अध्यक्ष ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्नुभयो । अध्यक्ष कमरेड प्रचण्डकाअनुसार प्रधानमन्त्री ओलीले अब तपाई हामी सँग संगै रहन सकिँदैन् । अलग अलग भएर जाऔं भनेर प्रस्ताव गर्नुभयो अरे । हामी त अन्तिमसम्म पनि यो पार्टी फुट्न नदिनेगरि छलफलमा जुटेका छौं । यसको लागि छलफल भैरहेको छ । हामी अन्तिमसम्म पार्टीलाई एकताबद्ध बनाउन कदम चाल्छौं । तर, उहाँले फुटाउनु नै भयो भने कसको के लाग्छ र ? ’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot