Logo

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने भन्दै मित्रराष्ट्रसंगको कतिपय विषय अल्झाएको ओलीको आरोप



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारको नेतृत्वमा आउने भन्दै कतिपय विषय पछि सल्टाउने भन्द्र मित्रराष्ट्रहरुसँग कुराकानी समेत गरेको टिप्पणी गरेका छन् । उनले प्रचण्डमाथि सरकारको नेतृत्वमा आउन लागेको भन्दै कतिपय विषय पछि सल्टाउँला भनी मित्रराष्ट्रसँगको कतिपय विषयलाई अल्झाएको आरोप समेत लगाए ।

‘कतिचोटी छिटै आफू सरकारको नेतृत्वमा आउने भएको हुनाले कतिपय विषय पछि सल्टाउँला भन्दै मित्र राष्ट्रसँगका कतिपय विषयलाई अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि ?’ ओलीले प्रचण्डको आरोपसहितको प्रस्तावको जवाफमा आज सचिवालय बैठकमा लिखित जवाफमा भने । उनले प्रचण्डमाथि एकलव्य जस्तै खाली सरकारमा मात्रै ध्यानदृष्टि दिएर प्रधानमन्त्री र सरकारको स्थायित्वविरुद्ध लागेको आरोप समेत लगाए ।

भारत भ्रमणमा जाँदा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलासा गरेर गम्भीर गल्ती गरेको टिप्पणी गरे । उनले विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिएको भन्दै त्यसले राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भीर प्रतिकूल असर परेको बताए ।

यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

ओलीद्वारा प्रचण्डमाथि अविश्वासको प्रस्तावका लागि छलछाम गरी सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको आरोप

ओलीलाई दाहाल-नेपालको आरोप: सच्चिनुको सट्टा पार्टी फुटाउने निर्णयका साथ आउनुभयो

ओलीले प्रचण्डमाथि अविश्वासको प्रस्ताव ल्याउन खाली कागजमा सांसदहरुलाई हस्ताक्षर गराएको समेत टिप्पणी गरे । यसलाई छलछाम र अनैनित कार्य भने ।-फाइल तस्बिर 



प्रतिक्रिया दिनुहोस्