Logo

प्रचण्डले गरे नारायणकाजीको बचाऊ



काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आधा घन्टा पनि नबसी सम्पन्न भयो । आजको बैठक छोटो भएपनि रोचक नै रह्यो । धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा राखियो जहाँ प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भए ।

यसअघि शर्त राखेर बैठकमा उपस्थित नहुने अडान लिएका ओली ब्याक भए । तर, बैठकले राजनीतिक प्रतिवेदनमाथि कुनै छलफल गरेन । बैठक कमानसिंह लामाको शोक प्रस्ताव पारित गरेर सम्पन्न भयो । अर्को बैठक १ पुसको दिनको १ बजे राख्ने तय भयो ।

बैठकमा कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्नुअघि उनीसँग जोडिएको लेनदेन प्रकरणबारे प्रचण्डले बोलेका थिए । उनले कमानसिंहको निधनपछि उनीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आक्रमणहरु भएको बताए । श्रेष्ठको बचाऊ गर्दै शोकको घडीमा हाइड्रोपावर आयोजनासँग सम्बन्धित विवाद मिलाउन सहयोग गर्दा उल्दै कुप्रचार भएको समेत बताएका थिए । प्रचण्डले घुमाउरो पाराले गलत प्रचारमा आफ्नै पार्टी निकटहरु लागेको गुनासो समेत गरेका थिए ।

कमानसिंहसँग लेनदेन विवाद खुलेपछि इश्वर पोखरेलको नारायणकाजीमाथि कटाक्ष

नारायणकाजीसँग कमानसिंहको लेनदेन विवादको खुलासा (अडियो भिडियो)

कमानसिंहले पत्नीलाई किन लेखेः म मरे मेरो काजक्रियामा सामेल नहुनु !!!(पत्रसहित)

कमानसिंह लामाले निधन हुनुभन्दा अघि फेसबुकमार्फत् स्टाटस राखेपछि विवादहरु बाहिर आएको थियो । नेकपा प्रवक्ता श्रेष्ठको चरित्रमाथि नै आँच पुग्ने प्रकारका विषयहरु सामाजिक सञ्जालमा राखिएका थिए । नेकपा नेताहरुले नै उनको नाम उल्लेख नगरी आलोचना गरेका थिए । कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले पनि प्रेस विज्ञप्तिमार्फत् गलत प्रचार गरिएको बताएकी थिइन् ।

नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर

कमानसिंहकी पत्नी इन्द्रमायाले ‘पतिबाट कुटपिट’ को खुलासा गर्दै भनिन् ‘नारायणकाजी श्रेष्ठ राजनीतिक अभिभावक’ (विज्ञप्तिसहित)



प्रतिक्रिया दिनुहोस्