Logo

‘‘पाइन्ट समेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा…’’



काठमाडौं, ५ फागुन । भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले प्रहरीसँग बयानमा करणीको प्रयास मात्र गरेको दाबी गरेका छन् । उनले बयानका क्रममा बाटोमा कुरेर बसेको र भागरथीलाई धकेलेको बताएका छन् ।

आज पत्रकार सम्मेलनमा डिआइजी उत्तमराज सुवेदीले भागरथीलाई दिनेश भट्टले धकेलेर सडक तल लगेको बयान दिएको खुलाएका छन् । सुवेदीका अनुसार दिनेशले मार्ने उद्देश्यले भागरथीलाई रोडमा कुरेर बसेका थिए ।

भागरथी आएपछि सडकभन्दा तल धकेलेका थिए । दिनेशले बलजफ्ती घटनास्थलमा पुर्याई दुवै हातले घाँटी थिचेका थिए ।

डिआइजी सुवेदीले दिनेशले करणीको प्रयास मात्र गरेको दाबी गरेको बताएका छन् । दिनेशको बयान उल्लेख गर्दै डिआइजी सुवेदीले भनेका छन्ः ‘पाइन्ट समेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा….।’ उसले त्यसपछि त्यत्तिकै छाडेको दाबी गरेको छ । तर, अनुसन्धान बाँकी छ ।
हत्यापछि मृतकसँग मोबाइल घटनास्थल नजिकै फाली घरतर्फ हिंडेका थिए । उनले प्रमाणहरु नष्ट गर्न यसो गरेका थिए ।

प्रहरीले भने कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कानुनका आधारमा अनुसन्धान बढाएको बताएको छ । तर, दिनेशले करणी नगरेको घाँटी निमोठी हत्या गरेको मात्र बयान दिएका छन् ।

‘१६ को केटाले १७ की केटीलाई कसरी मार्यो ?’

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई म्याद थप

भागरथीका दाई शंकर भट्टद्वारा दिनेश भट्टविरुद्ध किटानी जाहेरी

प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । घटनाको १४ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले पाँच दिनको म्याद थप्न अनुमती दिइसकेको छ ।

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्