Logo

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसको कसरत, प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर



काठमाडौं, ५ फागुन । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काउन कसरत थालेको छ । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसको लागि यही फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । कांग्रेसका पदाधिकारीले सत्ता गठबन्धनको आयु फागुन १० गतेसम्म भनेर किटानी गरेका छन् ।

महामन्त्री गगनकुमार थापाले त सत्ता गठबन्धन फागुन १० गते नै ढल्ने ठोकुवा गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा रहेको चुनावअघिको गठबन्धन ब्युँतिने सार्वजनिक अभिव्यक्ति दिएका छन् । २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने क्रममा कांग्रेसको पनि मत पाएपछि मुलुकको राजनीतिमा नयाँ कोर्सको थालनी हुन लागेको भएको चर्चा छ ।

अहिले एमाले, माओवादी, राप्रपा, रास्वपासहितको सत्ता गठबन्धन छ । सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गरेका छन् । उनी एमाले गठबन्धन छोडेर पूरानै गठबन्धन बनाउन लागिपरेका छन् । तर, राष्ट्रपतिको निर्वाचनअघि नै उनले आफ्नो सत्ताको आयु लम्ब्याउनेगरि प्रयत्न गरेका छन् । दाहालले कांग्रेससँग गठबन्धन गर्दा आफूले पाँच वर्ष नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेका छन् ।

दाहालको अडानमा कांग्रेस नेतृत्व सकारात्मक बनेको चर्चा छ । कांग्रेसले राष्ट्रपति पाउने शर्तमा पाँच वर्ष नै प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिने मोटामोटी सहमति छ । यो बीचमा देउवासँग भएको छलफलमा पनि यसै विषयमा केन्द्रित रहेर वार्ता भएको बुझिएको छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्र निर्णायक रहेकोले उसले अघि सारेको शर्त मान्ने रणनीति लिएको हो ।

तर, माओवादीमा भने प्रचण्डलाई गठबन्धन नछोड्न दबाब छ । एमालेसहितको गठबन्धन बनाउन मेहनत गरेका वर्षमान पुनलगायतका नेताहरुले अहिलेको गठबन्धन छोडे माओवादीको अस्तित्वमा नै संकट आउनसक्ने भन्दै प्रचण्डलाई सचेत बनाएका छन् । तर, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरु भने एमालेलाई कुनैपनि हालतमा राष्ट्रपति दिन नहुने पक्षमा छन् । उनीहरु बरु कांग्रेससँग सहकार्य गर्ने पक्षमा छन् ।

देउवाले प्रचण्डसँग राष्ट्रपतिको लागि रामचन्द्रको नाम लिए, ओली महन्थ र अशोक राईसँग छलफलमा

राष्ट्रपतिमा ओलीले बादललाई अघि सार्ने, प्रधानमन्त्री प्रचण्डले के गर्लान् ?



प्रतिक्रिया दिनुहोस्

Screenshot