Logo

भीम रावललाई मन्त्री बन्न अफर !



काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदको यही अधिवेशनमा पारित गराउनेगरि अन्तिम गृहकार्य थालिसकेका छन् । यसको लागि उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् । एमसीसीको बारेमा बरु नेकपाभित्रै किचलो छ ।

एमसीसी र मन्त्रिमण्डल पूनर्गठनबारे परामर्श गर्दै प्रधानमन्त्री ओली

कांग्रेसले त जतिसक्दो चाँडो एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । संघीय संसदको रोष्टममा उभिएर प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाले पटक पटक एमसीसी नेपालको हितमा रहेकोले यसलाई जतिसक्दो छिटो पारित गराउनुपर्ने बोल्दै आएका छन् । यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भने एमसीसीलाई मत विभाजित छ । अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ नै एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने पक्षमा छन् ।

ओलीले देउवासँग मिलेर एमसीसी पारित गराउने, ह्विप लगाउने जिम्मा नेम्वाङलाई !

तर, ओलीले भने पार्टीभित्रबाट एमसीसी पारित गराउने सन्दर्भमा सर्वसम्मत नभए संसदबाट बहुमतका आधारमा पारित गराउने तयारी थालेका छन् । यसको लागि उनले आफूनिकट नेताहरुसँग परामर्शसमेत थालेका छन् । आफूले भने दलमा ह्विप नलगाउने बरु यसको लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मा दिने उनको तयारी छ ।

बाँस्कोटाको टिप्पणी : ‘एमसीसी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद्’

अर्को रोचक के छ भने एमसीसीको सबैभन्दा चर्को विरोध गर्दै आएका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावललाई नै मन्त्री बनाउने ओलीको तयारी छ । उनले यसबारेमा बरिष्ठ नेता माधव नेपालसँगसमेत छलफल गरिरहेको स्रोतको दाबी छ । रावललाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिन ओली तयार भएका छन् । तर, रावलले भने आफू अहिले मन्त्री बन्न तयार नभएको सन्देश बालुवाटारलाई पठाईसकेको बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot