Logo

एसईई आजदेखि सुरु



काठमाडौं ८ चैत । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुुसार यसपटक नियमित र एक्जाम्टेड समूहबाट गरेर कुुल चार लाख ८७ हजार परीक्षार्थी सहभागी हुुँदै छन् । परीक्षा चैत २० गतेसम्म सञ्चालन हुुनेछ । गत वर्ष चैत ३ देखि १४ गतेसम्म चलेको परीक्षामा पाँच लाख ३८ हजारले परीक्षा दिएका थिए ।

कक्षा दशको पाठ्यक्रम परिवर्तन भएसँगै प्राक्टिकल गर्नुुपर्ने विषय पनि थपिएका छन् । रेग्मीका अनुुसार अनिवार्य ६ वटा विषयमध्ये पाँचवटामा प्राक्टिकल हुुनेछ । ऐच्छिक विषयमा पनि प्राक्टिकल राखिएको छ । नेपालीमा कुुल एक सय पूर्णांकमध्ये पचहत्तर नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्राक्टिकल हुुनेछ । ‘अब गणितमा मात्र प्राक्टिकल हुुँदैन’, रेग्मीले भने ।

यस वर्ष एक हजार नौ सय ५६ वटा परीक्षा केन्द्र तोकिएको छ । जुुन गत वर्षको भन्दा ३३ वटा बढी हो । यसपटकको परीक्षामा सामान्य धार, संस्कृत र प्राविधिक धारका समेत गरी ८८ वटा विषयको परीक्षा हुुनेछ । यसपटक कुुल आठ सय पूर्णांकको पुुराना विद्यार्थीलाई पुुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोधिनेछ । गत वर्ष कक्षा दसको सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन भएका कारण नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुुसार प्रश्न सोध्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्