Logo

आज चैते दशैँ मनाइँदै



काठमडौं २२ चैत । चैत शुक्ल अष्टमीका दिन मङ्गलबार चैते दशैँ मनाइँदैछ । हनुमानढोका दरबारस्थित मूलचोकमा यसै रात ५४ राँगा र ५४ बोकाको बलि दिने चलन छ ।
सरकारी पुरोहित देवराज अर्यालले हनुमानढोका दरबारस्थित दशैँघरमा राखिएका जमरा र टीका दशमीका दिन सर्वसाधारणलाई समेत वितरण गरिने बताउनुभयो ।
दरबार हेरचाह अड्डाका पर्वपूजामा खटनपटन गराउने कर्मचारी मिठाराम पुडासैनीका अनुसार कालरात्रिका लागि दशैँघर र मूलचोकमा लिपपोत गरिएको छ ।
चैते दशैँमा गुह्येश्वरी, भक्तपुर नवदुर्गा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, बगलामुखी, उग्रचण्डी, पूर्णचण्डी लगायतका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot