काठमाडौं २३ चैत । सरकारले नेपाल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको खबर आजको कान्तिपुरमा छ ।
घाटा चुलिएपछि जग्गा बिक्री गरेर भएपनि कर्मचारीलाई अवकाश गराउने तयारीमा ट्रेडिङ लिमिटेड जुटेको हो ।
‘आय स्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनी बढ्दै गएको छ । कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन्’, आपूर्तिमन्त्री दीपक बोहराले भने, ‘ति कर्मचारीलाई अवकाश दिनुपर्ने भएकाले जग्गा बिक्री गर्न लागेका हौं ।’