Logo

जिल्लामा रित्तिए वैद्य माओवादीका कार्यकर्ता, लागे माओवादी केन्द्रतर्फ



काठमाडौं २४ चैत । रुकुममा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी रित्तिएको खबर आजको कान्तिपुरमा छ ।

६५ जनाको जिल्ला संगठन समितिसहित सम्पूर्ण जनवर्गीय संगठन र सबै पार्टी सदस्यहरु मंगलबारदेखि माओवादी केन्द्रमा सामेल भएको घोषणा गरिएको छ ।

माओवादी केन्द्र र क्रान्तिकरी माओवादीका तर्फबाट विज्ञप्ति जारी गरी पार्टी प्रवेश गरेको जनाइएको छ ।

क्रान्तिकरी माओवादीका सेक्रेटरी प्रमजंग शाहले पार्टीहरुको एकता र ध्रुविकरणको सुरु भएकाले जिल्लाको सबै पार्टीपंक्तिले माओवादी केन्द्रसँग एकता गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot