Logo

मन्त्री शाहीको निर्देशनमा मध्यरातमा सडकको खाल्डो पुरियो



काठमाडौँ , २४ चैत्र । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको सडकको खाल्डो पुरिएको छ ।
मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको जनगुनासो व्यापक मात्रामा आउन थालेपछि मन्त्री शाही अनुगमनका लागि मध्य रातसम्म सडकमा पुगेका हुन् ।
मन्त्री शाहीले अनुगमनका क्रममा सडकमा खाल्डो देखेपछि मध्यरातमै पुर्न निर्देशन दिए | मन्त्री शाहीले निर्देशन दिंदै भने,” पाइप बिछ्याउनका लागि सडकमा खनिएको खाल्डाहरु तत्कालै पुर्ने व्यबस्था गर्नुस् ।  जनतालाई सास्ती हुने अवस्था आउँन दिन हुँदैन । रातभरी काम गरिरहनु भएको छ । उज्यालो हुँदा जनताले सडकमा खाल्डो छ भन्ने थाहा नपाउन । खाल्डोमा सवारी साधन खस्यो भन्ने समाचार सुन्ने अवस्था नआओस् । “
उनले विकास गर्दा केही समस्या आउने भन्दै जनताको गुनासो र समस्यालाई पनि बुझेर अघि बढ्नु पर्ने बताए ।  मेलम्ची खानेपानीको प्रयोजनका लागि सडकमा पाइप गाड्न खनिएको खाल्डो पुरिसकेपछि सडक पिच गर्न मन्त्रालयले सडकलाई बजेट दिइसकेको बताउदै काठमाडौँका जनताले केही समयपछि धूलोको सास्तीबाट मुक्ति पाउने बताए ।
मेलम्ची खानेपानी दशैँ अघिनै ल्याउनका लागि आफू निरन्तर खटिरहने भन्दै मन्त्री शाहीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेको धारणा राखे ।
राती ९ बजे पाइप गाड्न खाल्डो खनिएको स्थानको निरीक्षणमा पुगेका मन्त्री शाहीले खाल्डो देखेपछि तत्काल पुर्न निर्देशन दिए । मन्त्री शाहीले राती साढे १२ बजेसम्म बसेर  सडकमै बसेर खाल्डो पुर्न लगाएका छन् ।
उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भिर असर परेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गरेर त्यो समस्या आउन नदिन पनि निर्देशन दिए ।
शाहीले पाइप गाड्ने कामको नियमित अनुगमन गर्ने भन्दै जनतालाई सास्ती र समस्या आउन नदिन आफू प्रतिबद्ध रहेको बताएँ । शाहीले काठमाडौँबासीको मेलम्ची सपना साकार पार्नका लागि आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै यो अभियानलाई पुरा गरेरै छाड्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot