Logo

रोहित फेरि अनुबन्धित



काठमाडौं, २६ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द फेरि इन्डोनेसियाको फुटबल क्लवसँग अनुबन्धित भएका छन् । घुँडाको चोटका कारण झण्डै एक वर्ष नेपालमा रहेका रोहितले शुक्रबार इन्डोनेसियाको फुटबल क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि सम्झौता गरेका हुन् ।

पर्सीजा जाकार्ता इन्डोनेसियाको शिर्ष डिचिजनको क्लव हो । रोहितले यसअघि सन् २०११ देखि २०१५ सम्म सोही क्लवबाट व्यावसायिक फुटबल खेलेका थिए । गत बर्ष मलेसियाको टी टिम फुटबल क्लवसँग आवद्ध भएका रोहितले घुँडाको चोटका कारण सम्झौता रद्ध गर्नुपरेको थियो ।

त्यसपछि उपचारमा लागेका रोहितले दुई हप्ता अघि मात्रै नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot