Logo

कांग्रेसको चुनावी सभा सुरु



काठमाडौं, २७ चैत । प्रमुख दल नेपाली कांग्रेसले आजदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा सुरु गर्दैछ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख दलहरुवीच चुनावी प्रतिष्पर्धा सुरु भएको छ ।

पहिलो सभा प्रदेश नम्बर ७ मा गर्दै कांग्रेसले चुनावी अभियान सुरु गर्न लागेको हो । कैलालीको अत्तरियामा हुने सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

यससँगै सात वटै प्रदेशमा सभा गरिने कांग्रेसले जनाएको छ । सभालाई संम्वोधन गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालालगायत शीर्ष नेता अत्तरिया पुगिसकेका छन् ।

स्थानीय निर्वाचनका लागि ‘काँग्रेसले बनायो नेपालको लोकतान्त्रिक संविधान !, स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान !!’ भन्ने नारा कांग्रेसले तय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot