Logo

नेयमारलाई रातो कार्ड



काठमाडौं, २७ चैत। नेयमारले रातो कार्ड पाएसँगै बार्सिलोना मालागासँग पराजित भएको छ । स्पेनिस ला लिगा लिडर रियल मड्रिडसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।शनिबार राति भएको खेलमा बार्सिलोना अंक तालिकामा १५ नम्बरमा रहेको मालागासँग २-० गोल अन्तरले पराजित भएको हो ।

लिग लिडर रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेपछि चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई उपाधि होडमा र्फकने मौका मिलेको थियो । तर, ३२ औं मिनेटमा रामिरेजल आफ्नो पूर्वक्लबविरुद्ध गोल गर्दै घरेलु टोली मालागालाई अग्रता दिलाए ।

६५ औं मिनेटमा बार्सिलोनालाई ठूलो झड्का लाग्यो । उसका स्टाइकर नेयमारले लगातार दोहोरो पहेालो कार्डसँगै रातो कार्ड पाए र १० खेलाडीमा सिमित भयो ।

खेलको अन्त्यमा जोनी रोडिग्वेजले गोल गर्दै मालागाको जित सुनिश्चित गरे ।ब्राजिलियन नेयमारले यो सिजन क्लबका लागि सबै प्रतियोगितामा गरेर १५ गोल गरेका छन् । तर, डिएगो लोरेन्टलाई फल गरेपछि मैदान छाड्नु पर्यो ।

बार्सिलोनाका लागि मालागाका गोलरक्षक बाधक बने । उनले लुइस स्वरेजका दुई गोल गर्ने राम्रो प्रयासलाई असफल बनाइदिएका थिए । हारपछि बार्सिलोना ३१ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot