Logo

नयाँ संशोधन विधेयक एमालेको समर्थनमा ल्याएका हौँ : कानूनमन्त्री नायक



काठमाडौं, २७ चैत । कानूनमन्त्री अजयशंकर नायकले एमाले र मधेसी मोर्चाको सहमतिमा सरकारले संविधान संशोधनको नयाँ विधेयक तयार पारेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री नायकले भने, ‘सहमति खोज्नका लागि सरकार तयार छ । प्रयास पनि भइरहेको छ । एमाले र मधेसी मोर्चासँगको सहमतिमा संविधान संशोधनको नयाँ विधेयक ल्याएका छौँ ।’ उनका अनुसार नयाँ विधेयकमा सीमाङ्कनको विषय थाँती राखिएको छ ।

एमालेले सीमाङ्कनको विषय थाँती राखेर तत्काल अन्य कुरामा सहमति गर्न सकिने संकेत गरेपछि सरकारले सोहीअनुसारको तयारी गरेको थियो । एमालेका नेता केशव बडालले सरकारले ल्याएको भनिएको संविधान संशोधनको नयाँ संशोधनका विषयमा आफूहरूलाई कुनै जानकारी नरहेको बताए ।

उनले भने, ‘सरकारले कस्तो विधेयक ल्याएको छ हामीलाई थाहा छैन । विधेयक संसदमा दर्ता भएर हेर्न पायौँ भने बल्ल प्रतिक्रिया दिने छौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot