काठमाडौं २८ चैत । मधेसी मोर्चाको विरोधबीच २ नम्बर प्रदेशका ४ वटा जिल्लामा मतदान केन्द्र निर्धारण गरिएका छन् । निर्वाचन आयोगका अनुसार २ नम्बर प्रदेशका धनुषा, सर्लाही, बारा र पर्सामा निर्वाचन क्षेत्र निर्धारण भएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आयोगले सरकारलाई अल्टिमेटम दिएर २ नम्बर प्रदेशमा मतदान केन्द्र निर्धारण गरिदिन आग्रह गरेको थियो । तर सरकारका तर्फबाट खासै पहल नभएपछि चार वटा जिल्लामा अझै केन्द्र निर्धारण हुन सकेका छैनन्।
राजनीतिक सहमतिमा केन्द्र निर्धारण नभए २०७० सालको संविधानसभा निर्वाचनमा तोकिएका मतदान केन्द्रलाई नै कायम गरेर निर्वाचन गराउने चेतावनी आयोगले दिइसकेको छ।
यसैबीच ४४ वटा राजनीतिक दलले आफ्नो पार्टीबाट उम्मेदवार प्रमाणित गर्ने अधिकारीको नमुना हस्ताक्षर आयोगमा बुझाएका छन्। उम्मेदवार प्रमाणित गर्ने अधिकारी दलको केन्द्रिय स्तरको नेता हुनुपर्नेछ ।