Logo

आर्सनललाई लाग्यो गम्भीर धक्का, क्रिष्टल प्यालेससँग ३–० ले पराजित



काठमाडौं, २९ चैत। इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने आर्सनलको सपनामा गम्भीर धक्का लागेको छ ।

लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल रेलिगेशनबाट जोगिन संघर्षरत क्रिष्टल प्यालेससँग ३–० ले पराजित भएपछि उसको च्याम्पियन्स लिग सपनामा धक्का लागेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलार्य जिताउन एन्ड्रोस टाउनसेन्ड, योहान काबायी र लुक मिलिभोजेभिकले गोल गरे ।

१७ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ६३ औं मिनेटमा काबायी र ६८ औं मिनेटमा मिलिभोजेभिकले गोल गर्दै प्यालेसलाई जित दिलाए ।

जितपछि प्यालेस रेलिगेशन जोनबाट ६ अंकमाथि पुगेको छ । १६ औं स्थानको उसको ३१ खेलबाट ३४ अंक भएको छ । हारपछि छैटौं स्थानको आर्सनलको ३० खेलबाट ५४ अंक भएको छ ।

लिगका ८ खेल बाँकी हुँदा आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात तथा पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन अंकले पछि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot