Logo

‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’



विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।

यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षणकाअन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले आयोगले एकै चरणमा निर्वाचन गर्ने तयारीमा लागेको पनि बताउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँलेसेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा रहने स्पष्ट गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot