Logo

आईजीपी चयनमा आफू अन्यायमा परेको भन्दै सिलवाल फेरि पुगे अदालत



काठमाडौं, २९ चैत । प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा गरिएको नियुक्ति बदर गरी आफूलाई महानिरीक्षक बनाउन परमादेशको माग गर्दै डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सिलवालले मंगलबार सर्वोच्च अदालत पुगेर अदालतको बृहत पूर्ण इजलासको फैसला अनुसार आफूलाई प्रहरीको महानिरीक्षक (आइजीपी) बनाउन परमादेशको माग गर्दै रिट दर्ता गराएका हुन् ।

सरकारले सोमबारमात्रै डीआईजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेको थियो। नवनियुक्त आईजीपी अर्यालले भने हिजो राति नै पदभार फुली लगाएर पदभार ग्रहण गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्