Logo

निर्वाचन कुनै हालतमा रोकिँदैन : आयुक्त पौडेल



 

पोखरा, २९ चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले वैशाख ३१ गते हुनेस्थानीय तहको निर्वाचन गराउन आयोग अन्तिम चरणमा पुगेकाले अब निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आयुक्त पौडेलले १९ वर्षपछि हुन लागेको यो ऐतिहासिक अवसरलाई टुङ्गोमा पु¥याउन आयोग रातदिन खटिरहेको बताउँदै केही राजनीतिक दलका सानातिना विवादको पछि आयोग नलाग्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन सकेन भने यत्रो जनताको बलिदानबाट निर्माण भएको संविधान कार्यान्वयन हुन नसकी कागजको खोस्टोमा परिणत हुने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

मतपत्रमा छापिएका स्वतन्त्र उम्मेदवारहरुका चुनाव चिह्न कमी भए भने के गर्ने नि भनी पत्रकारको प्रश्नको जवाफमा आयुक्त पौडेलले त्यस्तो अवस्था आयो भने मतपत्र छाप्ने जनक शिक्षा सामग्री केन्द्रलाई तयारी अवस्थामा राख्ने र तुरुन्तै मतपत्र छापेर नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित ठाउँमा पु¥याइने जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सप्तरीबाहेक ७४ जिल्लामा मतदान केन्द्रको टुङ्गो लागिसकेको छ, ६२ जिल्लाको मतपत्र छपाइसकिएको छ र ५० जिल्लाको मतदाता नामावली कम्प्युटरमा राख्ने काम भएको छ । सो अवसरमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले कास्की जिल्लाको निर्वाचनका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot