Logo

नयाँ संशोधन प्रस्ताव ६ बजे दर्ता हुन्छ, सबैको सहमति छ, पारित हुनेमा शंका नगर्नुहोस



‘नयाँ प्रस्तावबारे राष्ट्रघाती नारा लगाउने ठाउँ छैन’

काठमाडौं, २९ चैत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले ल्याएको नयाँ संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो दाबी गरेका हुन् । उनले भने,‘नयाँ संशोधन प्रस्ताव एमाले र मधेशी मोर्चा दुवैको सहमतिमा ल्याईएको हो, त्यसैले यो प्रस्ताव पारित हुन्छ, यसमा कुनै दुई मत छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री नायकले पूरानो संशोधन प्रस्ताव फिर्ता भएको र अब नयाँ संशोधन प्रस्ताव आजै ६ बजे संसद सचिवालयमा दर्ता हुने जानकारी दिए । उनले भने,‘प्रस्ताव पूरा तयारी अवस्थामा छ, अब आजै ६ बजे दर्ता हुन्छ ।’

उनले अहिले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेकोले सबै दललाई निर्वाचनमा सहभागी गराउनको लागिपनि सरकारले अधिकतम प्रयास गरिरहेको जनाए । मन्त्री नायकले थपे,‘अब मधेशी मोर्चालेपनि गुनासो गर्ने ठाउँ छैन, धेरै विषयहरु मिलेको छ ।’

नयाँ संशोधन विद्येयकबारे कसैको पनि विमति नरहेको दाबी गर्दै उनले भने,‘नयाँ विद्येयकबारे मोर्चाका नेताहरुसँग एक/एक विषयमा छलफल भएको छ, एमालेका नेतासँगपनि सहमति भएको छ ।’ यद्धपी उनले डा«फ्ट विज्ञहरुले तयार पारेकोले विद्येयकमा उल्लेख भएका विषयका शब्दहरुमा भने पछि छलफलका क्रममा सच्याउन सकिने विश्वास दिलाए ।

उनले नयाँ आएको विद्येयकले कसैलाई पनि खेल्ने ठाउँ नदिएको दाबी गरे । नायकले दर्ता भएको संशोधन प्रस्तावलाई जतिसक्दो चाँडो पारित गराउने सरकारको चाहना रहेको जिकिर गरे ।

उनले भने,‘हामी जतिसक्दो यो प्रस्ताव पारित गराउन चाहन्छौं, तर संसदको प्रक्रिया छ, अब बैशाख ७ गते संसदमा प्रवेश हुन्छ, त्यसपछि प्रस्तावलाई परिपक्व हुनको लागि ५ दिनको समय दिईन्छ ।’



प्रतिक्रिया दिनुहोस्