Logo

प्रचण्डले फोनबाटै मोर्चाका नेताहरुलाई फकाएपछि…



काठमाडौं, ३१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाका शीर्ष नेताहरुसँग टेलिफोनबाटै वार्ता सुरु गरेका छन् ।

बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले हालै ल्याएको नयाँ सविधान संशोधन विद्येयकलाई अस्विकार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले मोर्चाका एक÷एक शीर्ष नेताहरुसँग व्यक्तिगत रुपमा परामर्श गरेका हुन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार प्रधानमनत्री दाहालले आज विहान मात्रै मोर्चाका दुई शीर्ष नेताद्धय उपेन्द्र यादव र राजेन्द्र महतोसँग बेग्लाबेग्लै फोनवार्ता गरेका हुन् ।

उनले यादवलाई अहिले सहमति गरेर जाने समय भएकोले आन्दोलन नगर्न समेत आग्रह गरेका थिए । त्यस्तै उनले परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्ने बेलामा आन्दोलन गर्ने र सहमतिबाट पछि हट्न नहुने धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहालले ०७४ माघ ७ गतेभित्रै तीनै तहको निवाृचन गर्नुपर्ने भएकोले मोर्चाले पनि सहयोग र समर्थन गर्नुपर्ने आग्रह गरेका थिए । उनले सरकार मोर्चाको माँग पूरा गराउन सँधै लचिलो हुन तयार रहेको समते आग्रह गरेका थिए।

त्यस्तै उनले चुनावमा जानुपर्छ भन्दै अर्को विकल्प नखोज्नसमेत अर्का नेता महतोसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहसँगै यादवले चाहीँ आफूहरुले एउटा निर्णय गरिसकेकोले अब उक्त निर्णयबाट ब्याक हुन नसक्ने जिकिर गरेका थिए । यादवले अहिलेको संशोधन विद्येयक परिमार्जनसहित आए मोर्चाले सोच्न सक्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot