Logo

निधिलाई सरकारबाट फिर्ता बोलाउन देउवाले थाले छलफल



काठमाडौं, ३१ चैत । वरियताक्रममा विवाद भएपछि मन्त्रिपरिषदको बैठक नै बहिष्कार गर्दै आएको उपप्रधानमन्त्री विमलेन्द्र निधिको बारेमा के गर्ने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गम्भिर छलफल भएको छ ।

बिहीबार विहानमात्रै दुई नेताहरुवीच टेलिफोनवार्ता भएको सूत्रहरुले बताएका छन् । प्रधानमन्त्री दाहालले सुरुमा काँग्रेस सभापति देउवासँग निधिको बारेमा गुनासो पोखेका थिए । प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘उपप्रधानमन्त्रीको विवादका कारण निधिजीले बैठक नै बहिष्कार गर्नुभयो, यसले जनतामा राम्रो सन्देश गएको छैन, त्यसैले के गर्ने हो ? समाधान खोज्नुपर्यो ।’

जवाफमा देउवालेपनि निधिलाई नै दोस्रो वरिया दिनुपर्छ भनेर आफूले कुनै अडान नलिएको वचन दिए । दुवै नेतावीच दोस्रो वरियता अर्का उपप्रधानमन्त्री कमल थापालाई नै दिने सहमति भैसकेको थियो । त्यसैले पनि होला, उनीहरु अहिले निधिलाई दोस्रो वरियता दिने पक्षमा देखिएका छैनन् ।

यता देउवाले पनि निधिको विकल्प खोज्नेबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले हिजोमात्रै बरिष्ठ नेता रामचन्द्र पौडेलसँग यसबारेमा सरसल्लाह गरेका थिए । देउवा यतिवेला निधिलाई सरकारबाट फिर्ता बोलाउन चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot