Logo

जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति



काठमाडौं १ बैशाख । सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, ‘कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने’ भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिकको मत तान्न त्यही अस्त्र प्रयोग गरेको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने जान्दाजान्दै पनि सबैभन्दा ठूलो पार्टी चुनावअगाडि सुरक्षा भत्ता बढाउने घोषणा गरेर जेष्ठ नागरिक र असहायको मत लिने रणनीतिमा लागेको हो । चालू आर्थिक वर्षको बजेटमार्फत सुरक्षा भत्ता दोब्बर पारेर सर्वसाधारणबीच एमाले लोकप्रिय बनेको आँकलन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भोट तान्न भत्ता दोब्बर बनाउने घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot