Logo

प्रधानमन्त्री समक्ष दलित र प्राध्यापकहरुको ज्ञापन



काठमाडौं, १ बैशाख  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष दलित मुक्ति मोर्चा नेपाल र नेपाल आंशिक प्राध्यापक संघका छुट्टा छुट्टै टोलीले ज्ञापनपत्र बुझाएका छन् ।

आज दिउसो प्रधानमन्त्री निवास वाल्वाटारमा दलित मोर्चाले बुझाएको ज्ञापनमा आगामी स्थानीय तहको निर्वाचनमा दलितलाई नेतृत्वमा अनिवार्यरुपमा उम्मेदवार बनाउन माग गरिएको छ भने आंशिक प्राध्यापकहरुले आफूहरुलाई त्रिभुवन विश्व विद्यालयले स्थायी गर्नुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्रीले दलितलाई आफ्नो पार्टी माओवादी केन्द्रले सबै तहमा अनिवार्य उम्मेदवार बनाउने र बहुसंख्यक दलित रहेको तहमा दलितकै नेतृत्वमा उम्मेदवार उठाउने निर्णय गरिसकेको जानकारी गराउनु भयो ।

त्यसैगरी आंशिक प्राध्यापकका मागका सम्वन्धमा सम्बन्धित मन्त्रालय र त्रिविका पदाधिकारीसँग छलफल गरी आवश्यक निर्णय लिने वताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot