गायिका तथा मोडेल भावना आचार्यसँग “शनिबार विशेष” को लागि गरिएको कुराकानीको सम्पादित अंश :
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
गीत रेकडिङ्तिर व्यस्त छु । विस्तारै तीजको सिजन आउँदैछ । त्यसैले आउने तीजलाई लक्षित गरेर गीत संगितमा आफ्नो रचनाको लागि अलिकती पूर्व तयारीमा छु र वाहिरको पनि कार्यक्रमहरु छन् । अलिअलि ब्यस्तै छु ।
एक्कासी यो क्षेत्रमा कसरी आउनुभयो ?
यो क्षेत्रमा एक्कासी भन्दा पनि मेरो बच्चैदेखि गीत संगितमा एकदमै रुची भएकाले पनि यो क्षेत्रमा आएकी हुँ । अन्तर स्कुल दोहोरी प्रतियोगिताहरुमा समेत भाग लिने गरेको थिएँ र गर्दागर्दै कहिलेपनि आवश्यक्त्ता भएन जहिले सफल हुदै जाँदा विस्तारै आफू पनि अलिकती उमेर बढदै गई सकेपछि काठमाडौमा आएर गीत गाउने रहर चल्यो र काठमाडौ आइसके पछि मेरो पहिलो एल्बम गर्ने भयो र मेरो इन्ट्रेष्टको एल्बम मेरा आफन्तहरुलाई देखाएँ र त्यहि अनुसार अफन्तबाट सर्पोट भयो र म यो क्षेत्रमा लागेकी हँु ।
एल्बम निकाल्नको लागि कसले सपोर्ट गर्नुभयो नि ?
मलाई मेरो पहिलो “पालरमा धाउने” एल्बम निकाल्न मामाले सहयोग गर्नुभयो त्यसपछि म गाँउ फर्किएँ त्यतिबेला गीत पनि सफल भयो । तिजको सिजन पनि थियो त्यो गित राम्रो हुदै जादाँखेरि एक वर्ष जति गाँउमै बसें । ११ को परिक्षा दिएपछि फेरी काठमाडौ आएँ र यही कर्मथलो बनाएर बस्छु भन्ने सोच बनाएँ । त्यसपछि काठमाडौमा बसि सकेपछि एक पछि अर्को एल्बम गाए र गदै जादाँ अहिले र्दजर्नै एल्बमहरु आईसकेको गदै जादा सबै भन्दा नी ४ वाटा एल्बम राम्रो सँग जले मैले अरु भन्दानी मैले तिज गित बढी गर्ने गर्छु । हुन त तीज गित तिजमै सिमित भएपनि गदै जादाँ एकपछि अर्को अरु क्षेत्र इन्टे«ष्ट भएँ । यसैमा म केहि गर्छ भन्ने इच्छा आकांक्षा राखेर अघि बढीरहेकी छु ।
यो अवधिमा यहाँले यो क्षेत्रको बारेमा कस्तो अनुभव गरिराख्नु भएको छ त ?
कस्तो अनुभव भन्दा पनि यो क्षेत्रमा अरु काम भन्दा दाम पनि हुने अनि नाम पनि हुनेजस्तो लाग्छ । जे होस्, म त निकै सन्तुष्ट छु ।
त्यस्तो दाम हुन्छ र ?
गर्नसक्यो भने हुन्छ नि। नहुने भन्ने होइन । म त निकै खुशी र सन्तुष्ट छु ।
तर यो क्षेत्रमा जम्नको लागि निकै संघर्ष गर्नुपर्छ भन्छन्, तपाईले कत्तिको संघर्ष गर्नुपर्यो ?
त्यति दुःख पनि छैन र धेरै सुख पनि छैन । जे होस ठिक ठिकै छ । कुनै पनि क्षेत्रमा जम्नको लागि मेहनत, लगनशीलता र संघर्ष त जारी राख्नुपर्छ नि । म पनि आफूलाई सँधै सफल र निर्खानको लागि मेहनत गरिरहेकी छु । मेरो लागि संघर्ष भनेको नै ईमानदार भएर आफ्नो भूमिका निर्वाह गर्नु हो ।
यहाँको अनुभव कस्तो छ त अहिले सम्म ?
मलाई त त्यति नराम्रो त केहि पनि लाग्दैन् । जे होस जे काम गरिराखेको छु त्यसैमा सन्तुष्ट छु ।
सन्तुष्ट हुनुहुन्छ ?
हजुर, हो । म शतप्रतिशत सन्तुष्ट छु ।
कसको प्रेरणाले गर्दा आईपुग्नुभयो यो क्षेत्रमा ?
प्रेरणा भनेको त्यही हो, मेरा साथीहरु हुन् । स्कुलका टिचरहरु हुनुहुन्थ्यो । र, सुरुवातमा चाहीँ मेरो परिवारले मलाई अब छोरी मान्छे काठमाडौ गएपछि बिग्रीन्छे र यता उता सोचले पनि त्यति सपोर्ट त गर्नुहुन्थेन । काठमाण्डौ पठाउने मामाले एउटा सल्लाह गर्नुभएको थियो । घरबाट जब अहिले एल्वम गर्दै जाँदा विस्तारै सवैले तेरो छोरीले यो गरिछे, गीत आएछ भनेर भनेपछि परिवार पनि मेरो प्रगति देखेर खुशी नै हुनुहुन्छ । अहिले मलाई मेरो परिवारको पनि पूर्णतयः सपोर्ट तथा साथ छ । उहाँहरु सबैको मलाई प्रेरणा छ ।
यो क्षेत्रमा सुरु सुरुमा चर्चामा आएर पछि फ्लप हुने गरेका पनि प्रशस्तै छन् नि ?
मलाई त्यस्तो केही लाग्दैन । मेरो परिवार, साथी, विदेशमा बस्नेदेखि सबैजनाको फुल सर्पोट छ । दर्शक तथा श्रोताहरुले चाहीँ मलाई सपोर्ट गरिरहनुभएको छ । त्यस्तो त नहोला मैले एकपछि अर्को एल्बम ल्याईरहेको छु । सबैले बजारमा राम्रो स्थान् पाएका छन् । सबै चर्चित नै छन् । अहिलेसम्म मैले एल्बम निकाल्न एक वर्षपछि अर्को वर्षसम्म पनि कुर्नु परेको छैन वा बस्नु परेको छैन । मलाई अहिलेसम्म कुनै गाहा«े भएको छैन । परेको छैन ।
यो क्षेत्रमा त बढि प्रलोभन देखाईन्छ अरे नि रे तपाईले यस्तो केही भोग्नुभएको छैन ?
त्यो त मन्छेमा भर पर्ने कुरा हो । मलाई आजसम्म कसैले लोभलालचमा पारेको छैन । मेरा दर्जनौ गीत आए तर केही एल्बममा चाहीँ परिवारको सहयोग छ । जुन मेरो एउटा सिद्धान्त छm त्यही भएर अरु चाहीँ आँफै भन्नुपरयो ।
अहिलेसम्मका एल्बम कसरी बजारमा आएका छन् नि ?
म अफुलाई संगितदेखी गित गाउने अनि मोडलिङ पनि आँफै गर्ने गर्छु, र अहिले सम्मका गितमा आफनै प्रतिभा देखाईरहेकी छु । जुन गितको शब्द भित्रबाट आएका छन्, मैले नि खेल्नुपर्छ भनेर देखाएका पनि छन् र पछि आफुले आँफैलाई मन नपराएका पनि छन् तर गदै जाँदा हुने कुरा हो । जब मैले पछि एउटा चलेको गितबाट केही हुन्छ कि भन्ने लागेको थियो त्यो भयो भन्छन् नि मान्छे ओत लाग्नु त ठूलै रुखको रे एउटा छाप परेको मान्छेसँग सहकार्य गर्यो भने केही फरक पर्दोरहेछ । त्यही भएर अब शब्द, संगित मेरो पछिल्लो गितको शिब हमाल रहेको छ जुनमा भोकल पनि चर्चित गायक रामजी खाँडको रहेपछि अलिकती फरक भइरहेको छ । पहिला त मैले काम गर्दा त आफूसँगै सहकार्य गर्ने साथिहरुसँग ठिकै ठिकै नाम चलेका गायकहरुसँग काम गरें । सुरुवातमा त रामजी खाँडसँग गरें, त्यसपछि बीचमा त गाँउबाट आउनु भएका दाईहरु कोही म तिमिसँग गित गर्छु भने र धेरै अनुरोध गर्नुहुन्थ्यो, गर्दै जादाँखेरि पछि रामजी खाँडसँगै गरें ।
भनेपछि तपाई आफ्नो गीतमा आँफै पनि मोडलिङ अनि अभिनय गरिरहनु भएको छ ?
त्यो त एउटा रहरमात्रै हो । जे होस्m मोडलिङमै पोख्त छु चाहीँ लाग्दैन । र, मेरा कुनै कुनै गितमा मात्रै । सबैमा छैन । मेरो एउटा शोख पनि थियो । सुरुमा अरुलाई देखें र म पनि गर्न पाए हुन्थ्यो भन्ने सोच मात्रै भएको हो । बास्तवमा सबै कुरामा गर्नसक्छु जस्तो त लाग्दैन । अब गदै जाँदा प्रयास हुँदा सम्भब भइएला । त्यो पछिको कुरा हो । एक पछि अर्को गर्दा आफुले गरेको डान्स मन पर्दैन । बास्तवमा आफुले गाएको गित त मन पर्देन अरुले राम्रो छ भन्नु त हुन्छ । कुनै गित गरिसकेपछि एउटा न एउटा कमेन्ट थाहा हुन्छ । अर्को समय सुधार्छु त्यो पछि अर्को हुन्छ ।
यति धेरै एल्बम बजारमा आइसके आफुले आफ्नो एल्बम मन नपराको कि दर्शकश्रोताले मन नपराउनु भएको ?
आफुले आफैलाई कहिलेपनि मन पदैन रे । मैले मात्रै होईन, यो कुरा त अरु गायक गायिकाहरुले पनि भन्नुहुन्छ , हो मलाई पनि यस्तै हुन्छ । आफनो स्वर पनि मन पर्दैन र अभिनय पनि मन पदैन । गर्छु तापनि गर्नुपर्छ आफ्नो चाँहि केहि मन पर्दैन् । अरुको चाँही मनपर्छ । कहीँ कतै कुनै स्टेज प्रोगाममा गीत गाउनु परयो भने म प्राय: आफ्नो भन्दा पनि अरुको गित गाउने गर्छु ।
हजुरलाई पछिल्लो समय को जस्तो हुन पाए हुन्थो वा यो जस्तै भए राम्रो रुपमा प्रस्तुत हुन्थे जस्तो लाग्छ ?
यो कलाकार वा त्यो कलाकार भन्ने छैन । सबैमा आफनो आफनो प्रतिभा छन् । सबैसँग् फरक फरक हुन्छ । बास्तवमा मलाई म यो जस्तो हुन पाए हुन्थ्यो भन्ने कोही पनि छैन । आफ्नो ठाँउमा आफुले के गर्न सकिन्छ त्यो ठूलो कुरा हो । जे होस् हरेक मान्छेको हरेक ठाउमा हरेक फरक फरक किसिमको भ्याल्यु हुन्छ । त्यसमा पनि त्यो यो टाइपको भन्ने चाहीँ छैन । अहिले म विष्णु माँझी हुन खोजेर हुन सकिदैन । त्यस्तै ज्योती मगर हुन खोजेर हुँदैन र सम्भव पनि छैन आफ्नो जे छ त्यही नै हुने छ ।
तपाई त नाम चलेको गायिका हुनुहुन्छ, अहिलेसम्म कसैको प्रेममा पर्नु भएको छैन ?
हा।।हा।। हा छैन । त्यस्तो प्रेम भन्ने त मलाइ चाहीँ त्यती अनुभव त छैन । त्यती साहा«े प्रेममा लागेर यो क्षेत्रमा त्यती अगाडी बढ्न सकिएलाजस्तो लाग्दैन । यो कुन ठाँउ हो ? र म कुन ठाउँमा छु ? कसरी आएँ ? आफ्नो कर्तव्य के हो रु त्यसमा महत्व छ । र, मैले त यस क्षेत्रमै बढि समय दिनुपर्छ ।
प्रेममा त पक्कैपनि हुनुहुन्छ होला, पत्रकारको अगाडी नभन्नु भएको होला नि ?
म प्रेममा छैन । त्यसैले नै मैले सत्य बोलेकी हुँ । प्रेममा नहुन पनि त सक्छ नि । विश्वास गर्नुहोस्, म अहिलेसम्म पनि प्रेममा परेको छैन् ।
प्रेमविना सफल हुन सक्छुजस्तो लाग्छ ?
प्रेम त प्रेम हो नि । कस्तो खालको प्रेम गर्ने रु प्रेम त एकले अर्कौसँग गरिरहेको हुन्छ नि । तर केटासँग नै हुनुपर्छ भन्ने छैन नि विपरित केटाकेटी सँग सम्बन्ध राखेर प्रेम हो भन्न सकिन्न । मान्छे बाँच्नका लागि एउटा मान्छेले प्रेम जोसँग पनि गर्न सक्छ नि । यहाँ त प्रेम भन्ने वित्तिकै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड भन्ने हुन्छ । म भन्छु प्रेम भनेको केवल केटाकेटी मात्रै होईन है ।
उसो भए तपाईलाई अहिले नै ब्वाईफ्रेन्ड बनाउने चाहना छैन वा समय छैन ?
अहँ । म चाहँदिन् । अहिले म करियरमै ध्यान दिन्छु । समय आउला नि । यतिवेला म पूर्ण रुपमा आफ्नो करियरमा ध्यान दिन्छु ।
तपाईलाई कस्तो टाइपको केटा मनपर्छ ?
हा..हा..हा…हा अहिले त त्यो कुरा सोचेको छैन । अब मेरो सोच्ने उमेर हुँदैछ र दुई वर्षपछि सोच्छु दूई वर्षभित्र केही गर्ने सोच बनाएकीछु ।
तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु ?
मलाई यो पेसा वा उ पेसा भन्नेनै हाईन । के लाग्छ भने नि धनसम्पती मलाई महत्व लाग्दैन मुख्य कुरा भनेको मसँग विवाह गर्नेले पहिलो मेरो क्षेत्रको सम्मान गर्नुपर्छ । मेरो पेशालाई बुझ्नुपर्छ । वा भन्ने हो भने उसले यो कुराको सम्मान गर्नुपर्यो, बुझदिनुपरयो र हामी एउटा गित गाउनेले त हरेक प्रोगाम, हरेक ठाँउमा अनि हरेक मान्छेका अगाडी हिँड्नुपर्छ। बोल्नुपर्छ । त्यही भएर नर्मल टाईपको सिधा केटा मनपर्छ, कति कुरा नबुझेर भोली पर्सी गएर परिवार सँग असर पर्नेहुन्छ, कुरा नबुझ्ने भएकै कारण कतिपयको त सम्बन्ध विर्गीरहेको छ त्यस्तो नहोस् र भन्नुपर्दा सबै कुरा बुझने खालको हुनुपर्छ । बरु धनसम्पत्ती नहोस्, पाल्नुपरे बरु मै नै पाल्छु ।
तपाईलाई मन पराउनेहरु त धेरै होला नि स्कुल तथा कलेज पढ्दा आई लभ्यु भन्नेहरु त थिए होला नि ?
अहिले त म नै २२ वर्ष पुगें। अब यहाँले त्यतीवेला स्कुल पढदाको कुरा गर्नुभयो । जहाँ फुल हुन्छ, त्यहाँ भमरा हुन्छ नै । ९ र १० कक्षा पढदाखेरी फस्ट हुने केटाले चै मलाई निकै जिस्काउँथ्यो । होमवर्कमा टिक लाईदिने बहानामा कहिले त आईलभ्यु लेखेर दिन्थ्यो, तर म चाहीँ रोई दिन्थें । तर मलाई मन पर्दैनथियो । त्यतिवेला मलाई निकै डर लाग्थ्यो ।
माँगी विवाह गर्ने कि प्रेम विवाह ?
पहिला प्रेम अनि विवाहा । मन जितेर गर्न सक्छ भने धेरै राम्रो ।
तपाईको पछिल्लो समय चलेका गित कुन/कुन हुन् ?
मेरो त बुढा कानमा टप लाउने, भट्टीमा धाउने राति राति आउने, न भका गफ लाउने ।
अर्को यसपालि तिजमा केलाम के लाम भो मलाई पनि, छोरा पाई खेलाम खेलाम भो लगायत अब मेरो छिटै अर्को तिज गित आउँदै छ।
प्रस्तुति :पवन भट्टराई, रिपोर्टर्स नेपाल डटकम