Logo

संविधान कार्यान्वयनसँगै राष्ट्रिय समृद्धि र विकास : मन्त्री महत



पोखरा, २ वैशाख । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेला तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताको लामो समयको उपलब्धिस्वरुप प्राप्त संविधानलाई कार्यान्वयन गर्नु राज्यको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

मन्त्री महतले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि आन्तरिक मनमुटाव त्यागेर सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेसी जनतासँग जोडिएका माग पूरा गर्नका लागि सरकारले नयाँ संशोधन प्रस्ताव ल्याएको उहाँले बताउनुभयो ।

“समाज विभाजनले मुलुकलाई कमजोर बनाउँछ, नयाँ प्रस्तावका विषयमा मधेसी मार्चा पनि गम्भीर भएर सोच्नुपर्ने हुन्छ,” मन्त्री महतले भन्नुभयो ।

सांसदद्वय कमल पङ्गेनी र राजु थापाले मुलुकको समग्र विकासका लागि स्थानीय तहको निर्वाचन आवश्यक भएकाले सम्पूर्ण कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot