Logo

गठबन्धनद्धारा आम हड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौं, ३ बैशाख ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले आम हड्तालसहितका कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

गठबन्धनले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो। मोर्चाको आइतबार बसेको बैठकले आफ्ना मागका बारेमा सरकार उदासिन रहेको आरोप लगाएको छ। माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको हो।

संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।

उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot