Logo

राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ



काठमाडौं, ३ बैशाख । राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेको छ ।

रुपन्देहीको मर्चवारमा उनीसहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी जारी थियो ।

यसअघि माघ २० मा उनी जनकपुरमा पक्राउ परेका थिए ।

तारेखमा छुटेका राउत फेरी पक्राउ परेका हुन् । त्यसअघि पनि उनी मुलुकलाई बिखण्डन गर्ने अभिब्यक्ति दिएको भन्दै पटक/पटक पक्राउ पर्ने र छाड्ने काम हुँदै आएको छ ।

सिरहाबाट आएका राउतलाई हेटौडाको मनौरीबाट चैत ३१ गते बुटवल प्रहरीले पक्राउ गरेको बताइएको छ । इप्रका बुटवलका प्रमुख डिएसपी मुकुन्द मरासिनीको टोलीले उनलाई पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot