Logo

उचित मूल्य पाएपछि नालाका किसान उत्साहित



काभ्रे, ५ चैत । तरकारीको उचित मूल्य पाएपछि उग्रचण्डी नालाका किसान उत्साहित भएका छन् ।

एक हप्तादेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । असिनाले तरकारीमा क्षति पु¥याएपछि किसान कम मूल्यमा तरकारी बेच्न बाध्य थिए । अहिले तरकारीको उचित मूल्य पाएपछि किसान उत्साहित भएका स्थानीयवासी गीता दाहाल बताउनुहुन्छ ।

“उत्पादन गरेको तरकारी बजारमा सजिलैसँग बिक्री हुन थालेको छ,” उहाँले भन्नुभयो ।

गीताजस्तै स्थानीयवासी सूर्या दाहाल पनि तरकारीको उचित मूल्य पाउन थालेपछि खुसी हुनुहुन्छ । उहाँले दुई रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । उहाँले मौसमी र बेमौसमी गरेर बाह्रैमहिना तरकारीखेती गर्दै आउनुभएको छ । तरकारी बिक्री गरेकै आम्दानीले पाँच जनाको परिवार धान्न सजिलो भएको उहाँ बताउनुहुन्छ ।

बनेपा नगरपालिका– ४ मा सबैभन्दा बढी मुला उत्पादन हुनेगर्छ । केही समयअघि परेको असिनाले मुलामा क्षति पु¥याएको थियो । क्षति पुगेसागै किसानले घाटा खाएर मुला बिक्री गर्दैआएका थिए । स्थानीयवासी भरत घिमिरेका अनुसार नालाको उग्रचण्डी कृषि बजारमा मुला प्रतिकिलो रु १८ मा, काउली रु २० देखि रु ३० मा, मटरकोसा रु ५० देखि रु ६० मा, बन्दागोभी रु आठदेखि रु १० तथा रु ७० देखि रु ८० सम्ममा बिक्री भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot