Logo

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदार नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर



काठमाडौं, ६ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरसंगै ‘H1 VISA’ कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ । ट्रम्पको कार्यकारी आदेश H1 VISA’ कार्यक्रमलाई नियन्त्रण गर्ने सुरुवात मानिएको छ ।

अब एच वन भिसा सबैभन्दा दक्ष कामदार या सबैभन्दा बढी तलब माग गर्नेलाई सुनिश्चित गरिनेछ । हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको भागमा गइरहेको भन्दै भिसा प्रणालीको दुरुपयोग अन्त्य गर्ने माग सम्बोधन भएको बताए ।

विभिन्न कम्पनीले कम तलब दिएर विदेशीलाई काममा राखेकाले ठूलो संख्यामा अमेरिकीले काम पाउनबाट बञ्चित भएको ट्रम्पको भनाई थियो ।

एच वन भिसाको समीक्षा गर्दै सुधारका लागि सुझाव पनि मागिने भएको छ । यस्तै सरकारी योजनामा विदेशी कम्पनीलाई काम नदिने नियम कडा रुपमा लागु गरिने छ ।

अमेरिकी राष्ट्रपतिले अमेरिकामा निर्मित बस्तुको बिक्री बढाउने आदेश पनि जारी गर्नु भएको छ । यी दुवै आदेशलाई बाइ अमेरिकन, हायर अमेरिकन नीति अनुसार जारी गरिएको ह्वाईट हाउसले जनाएको छ । अमेरिकाले प्रत्येक वर्ष ६५ हजार H1 VISA’, चिठ्ठाको माध्यमबाट जारी गर्ने गरेको छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्

Screenshot