Logo

सडक खन्ने क्रममा ढुंगाले किच्दा एकको मृत्यु



डोटी, ८ वैशाख । सडक खन्ने क्रममा लडेर आएको ढुङ्गाले किचेर डोटीको शिखर नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ ।

निर्माणाधिन भागेश्वर–मुडेगाउँ–जल्पु सडक खण्डको मुडेगाउँमा सो घटना भएको हो । घटनामा परी शिखर नगरपालिका –२ मुडेगाउँका ७३ वर्षीय बागे दमाइँको मृत्यु भएको हो ।

माथि डोजरले बाटो काटिरहेको अवस्थामा मृतक वृद्ध करिब सय मिटर तल जन्ती भोज खान गइरहेका बेला माथिबाट लडेर आएको ढुङ्गाले टाउकोमा लागेको थियो । त्यसपछि उनलाई दिपायलस्थित सुजङ्ग अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्