Logo

०४७ को संविधान पूर्नस्थापना गर्नुपर्ने राष्ट्रिय शिवसेना पार्टीको माँग



प्रकाश खनाल : बुटवल,बैसाख १० । २०४७ सालको संबिधान पुनस्र्थापना राष्ट्रिय एकता अभियानका अभियन्ता तथा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर वमले नेपालको संबिधान २०७२ नै असंबैधानिक भएको दाबी गरेका छन् ।

अध्यक्ष बलमे वर्तमान संबिधान खारेज गरि २०४७ को संबिधान पुनस्र्थापना गर्नुपर्ने कुरामा समेत जोड दिए । रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा आइतवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संबिधानसभाबाट जारी संबिधान बिखण्डनकारी भएको आरोप समेत लगाए ।

खिलराज रेग्मी नेतृत्वको सरकार तत्कालिन संबिधानको कुनै पनि धारामा नटेकेर बनाईएकोले सो सरकारले गराएको संबिधानसभाको निर्वाचन पनि असंबैधानिक भएको बताउदै अध्यक्ष वमले असंबैधानिक संबिधानसभाले जारी गरेको संबिधान पनि असंबैधानिक हुने जिकिर गरे ।

संबिधानसभाबाट जारी भएको संबिधानलाई बाइबलको जगमा, युरोपियन युनियनको लगानिमा र तीन ठुला पार्टीको समर्थनमा बनेको संबिधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले मधेसी, दलित, जनजाति, थारु र हिन्दुवादीहरुले अपनत्व गर्न नसकेकोले कार्यान्वयन हुन नसक्ने दाबी गरे ।

सरकारद्धारा यही बैशाख ३१ गतेका लागि घोषित स्थानिय तहको निर्वाचन हुन नसक्ने भन्दै उनले उक्त निर्वाचन आफुहरुले बहिस्कार गर्ने घोषणा गरे ।
पहिलो संबिधानसभा संबिधान जारी गर्न नसकि अवसान भएपछि नै मुलुकमा संबैधानिक रिक्तताको अवस्थाबाट गुज्रिएको बताउदै उनले त्यसपछि बनेका सरकार र तिनले गरेका काम पनि असंबैधानिक रहेको तर्क गरे ।

तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलहरुबिचको सहमति पनि २०४७ सालको संबिधानको धारामा टेकेर भएको भन्दै अध्यक्ष वमले २०४७ सालको संबिधान पुनस्र्थापना गरेर संबैधानिक रिक्तताको अवस्था अन्त्य गर्नुपर्ने बिचार व्यक्त गरे ।

२०४७ सालको संबिधान पुनस्र्थापना तथा राष्ट्रिय एकता अभियान शनिबार नवलपरासीको गैडाकोटबाट शुरु भएको जानकारी गराउदै आइतवार नवलपरासीकै सुनवलमा कार्यक्रम सम्पन्न गरि रुपन्देही आएको र अब सोमबार झापादेखी पश्चिम महाकालीसम्म पुग्ने बताए ।

साक्षात्कार कार्यक्रममा अभियानका अभियन्ता तथा शिव सेना पार्टीका महासचिव घनश्याम भण्डारी, पुरानो शक्ति अभियानकी सहसंयोजक तथा एकता अभियानकी अभियन्ता आरजु थापा श्रेष्ठ, स्वतन्त्र नागरिक मञ्चका अगुवा तथा एकता अभियानका अभियन्ता वजिर थापा, अर्का अभियन्ता कुवेर गौतम, हिन्दुधर्म संरक्षण अभियानका सह–अध्यक्ष भगवान गिरी, हिन्दुराष्ट्र पुनस्र्थापना अभियानका संयोजक लोकनाथ पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

क्लवका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण खनालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot