Logo

एमालेले समर्थन नगरेपनि संसदको संख्याले संशोधन प्रस्ताव पारित हुन्छ : यादव



काठमाडौं, १५ बैशाख । प्रमुख दल नेपाली काँग्रेसका नेता महेन्द्र यादबले यही बैशाख १७ ते नै संशोधन प्रस्ताव पारित हुने दाबी गरे । उनले संविधान संशोधन गरेर देशलाइ निर्वाचन गर्न सहज वातावरण बनाउनुपर्नेतर्फ सबैले सोच्नुपर्ने बताए।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संसोधन प्रस्ताव पारित गर्नबाट रोक्न नहुने बताउँदै भने,‘यदि रोकेको खण्डमा पनि बैशाख १७ गते दुई तिहाईले संविधान संसोधन पास हुन्छ, त्यसैले एमालेले पनि संसोधन प्रस्तावलाई सहयोग गर्नुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले अहिलेको संसदको संख्याले पनि संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने ठोकुवा गरे ।

उनले संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले निर्वाचनको लागि मधेश केन्द्रित दलहरुलाई पनि सहमतिमा लिएर जानको लागि सरकारले अहिलेको संशोधन प्रस्ताव ल्याएको प्रष्ट पारे । यादवले एमालेले अहिले विरोधको नामममा विरोध गरेर दोहोरो चरित्र देखाएको समेत आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot