Logo

प्रहरीको संरक्षणमा बम : प्रहरी चौकी हुँदै एसपीको भान्सामा पुग्छ माछा



काठमाडौं १६ बैशाख । रौदी नदीमा अवैध रुपमा बम पड्काएर, करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन । आजको कान्तिपुरमा खबर छ । स्थानीय तहको निर्वाचनमा ध्यानमा राखी प्रशासनले हतियार बुझाउन भनेपनि नदीमा बम पड्काउन नरोकिँदा प्रहरीकै मिलेमतोमा हुन सक्ने भन्दै स्थानीयले आरोप लगाएका छन् ।

गोरखा १३ आसपास नदी क्षेत्रमा युवाले दिनहुँ बम पड्काउने गरेको स्थानीयले बताएका छन् ।

प्रहरीकै संरक्षणमा खोलामा बम र करेन्ट लगाएर मारिएको माछा स्थानीय प्रहरी चौकी हुँदै प्रहरी प्रमुख एसपी जनकराज पाण्डेय र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको भान्सामा समेत पुग्ने गरेको स्रोतको दाबी छ । ‘प्रहरीलाई माछा बुझाएपछि करेन्ट लगाउन र बम पड्काउन पाइन्छ’ माछा मार्न संलग्नमध्ये एक युवकले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot