Logo

न्युक्यासलद्धारा कार्डिफ सिटी पराजित, उपाधि सम्भावना कायम



काठमाडौं, १६ बैशाख । प्रिमियर लिगमा बढुवा भएको न्युक्यासल युनाइटेडले च्यामपियनसिप फुटबलको उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

च्यामपियनसिप अन्तर्गत शुक्रबार राति भएको खेलमा कार्डिफ सिटीलाई २–० ले हराएर न्युक्यासलले उपाधि सम्भावना कायम राखेको हो । न्युक्यासलको जितमा क्रिष्टियन एट्सु र इसाक हायडेनले गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा एट्सुले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । ६५ औं मिनेटमा हायडेनले गोल गरेपछि न्युक्यासलले २–० को जित निश्चित ग¥यो ।

जितपछि दोस्रो स्थानमा रहेको न्युक्यासलको लिगको एक खेल बाँकी हुँदा ९१ अंक भएको छ । उ शीर्ष स्थानको ब्राइटन भन्दा एक अंकले मात्रै पछि छ ।
तर ब्राइटनले दुई खेल खेल्न बाँकी छ र उसले एक मात्र खेल जितेमा पनि उपाधि पक्का हुनेछ । ब्राइटन पनि यसअघि नै प्रिमियर लिगमा बढुवा भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot