Logo

काँग्रेसको निर्णयः बैशाख ३१ मा निर्वाचन नभए प्रचण्डले राजिनामा दिनुपर्छ



काठमाडौं, १७ बैशाख । प्रमुख दल नेपाली काँग्रेसले घोषित मितिमै निर्वाचन हुनुपर्ने निर्णय गरेको छ ।

आईतबार विहान सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले घोषित मिति अर्थात बैशाख ३१ र जेठ ३१ मै स्थानीय तहको निर्वाचन हुनुपर्ने र यसबाट दायाँ बायाँ गर्न नहुने निर्णय गरेको छ । निर्वाचनको मिति तलमाथि भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिनुपर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि पत्रकार ऋषि धमलासँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने,“निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्छ, काँग्रेस यो विषयमा अडिग छ, यदि घोषित मितिमा निर्वाचन भएन भने प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्ने कुरा उठेको छ ।”

बैठकले संसदमा दर्ता भएको परिमार्जनसहितको संशोधन प्रस्तावलई आजै पारित गर्ने समेत निर्णय गरेको छ । एक नेताका अनुसार संशोधन दुई तिहाईले पारित गर्नको लागि सत्तारुढ गठबन्धनसँग प्रयाप्त बहुमत रहेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री दाहाललाई चुनाव गर्न नसक्ने हो भने सत्ता छोड्नुपर्ने भन्दै दबाब दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot