Logo

महत्वपूर्ण बैठकमा राप्रपाका ६ सांसद नै अनुपस्थित् कारण छ यस्तो



काठमाडौँ, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकमा ६ जना सांसदहरु नै अनुपस्थित. भएका छन् । पार्टीमा असन्तुष्टी राख्दै आएका उनीहरुले आजको बैठक नै बहिष्कार गरेको खुल्न आएको छ ।

सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लोपटक ल्याएको संविधान संशोधन प्रस्तावका बारेमा मतदान गर्न डाकेको महत्वपूर्ण बैठकमा नै उनीहरु उपस्थित नभएकोले अहिले खैलाबैला मच्चिएको छ । यद्धपी पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा सांसदहरु रेशम लामा, रामकुमार सुब्बा, विराज विष्ट, सहेन्द्र बान्ताबा, सिता लुईटेल, बबिना मोक्तान, उपस्थित् भएनन् । स्रोतका अनुसार उनीहरु मिल्यो भने पार्टीबाट अलग्गिने रणनीतिमा छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिईन् । पार्टी एकीकरण भएपछि पार्टीेका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot