Logo

शान्तिको कामना गर्दै काली मन्दिर निर्माण



गौशाला, १९ वैशाख । देशमा दिगो शान्ति र मानव कल्याणार्थ महोत्तरी जिल्लाको बनौली गाउँमा काली मन्दिर निर्माण गरिएको छ ।

साबिक बनौली गाविस– ७ मा चार कठ्ठा पाँच धुर जग्गामा स्थानीयवासीले रु १५ लाखको लागतमा मन्दिर निर्माण गरेको स्थानीय पत्रकार वैद्यनाथ चौधरीले बताउनुभयो ।

मन्दिरमा पाँच फिट दुई इन्च अग्लो कालीको प्रतिमासमेत स्थापना गरी दुई दिनदेखि अष्टजाम, लखराम र सत्यनारायणको पूजाआजाको आयोजना गरिएको महाकाली मन्दिर निर्माण, संरक्षण सम्बद्र्धन संस्था बनौलीका सचिव सुनिल ठाकुरले बताउनुभयो ।

भारतबाट भारु ८१ हजारमा कालीको प्रतिमा ल्याएर स्थापना गरिएको र आजदेखि मन्दिर सर्वसाधारणलाई पूजाआजाका लागि खुला गरिएको संस्थाका अध्यक्ष दयाकान्त झाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot