Logo

भेनेजुएलाका राष्ट्रपतिद्वारा नयाँ संविधानका लागि आह्वान



कराकास, १९ बैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधान सभा गठन गर्न आह्वान गर्नुभएको छ ।

लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधान सभा गठन गर्नु परेको राष्ट्रपति मादुरोले संकेत गर्नुभएको छ ।

दक्षिण अमेरिकी देश भेनेजुएलाको भविश्यका बारेमा निर्णय गर्न उहाँले फरक फरक राजनीतिक पार्टी र सामाजिक समूहहरुलाई आह्वान गर्नुभएको छ ।

“मुलुकको आवश्यकता, उपलव्धिहरुको रक्षा र शान्ति स्थापनाका लागि वर्तमान संविधान अनुसार म आह्वान गर्दछु,” मादुरोले भन्नुभएको छ ।

सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी अधिकारवादी पार्टीकाबीचमा गत केही हप्तादेखि द्धन्द्ध भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिले सम्म भेनेजुएलामा २९ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्