Logo

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको मनोनयन दर्ता



भरतपुर, चितवन १९ बैशाख । नेकपा माओवादी केन्द्र चितवनले भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालको मनोनयन दर्ता गराएको छ । उपमेयरमा सुरेन्द्र गुरुङको मनोनयन दर्ता भएको छ ।

रेणुको प्रस्तावकमा नारायण दाहाल र समर्थकमा सुर्य सुवेदी छन् भने गुरुङको प्रस्तावकमा ज्ञानु सुवेदी र समर्थकमा दण्डपाणी पौडेल छन् । माओवादी केन्द्रका नेता-कार्यकर्ताहरु मनोनयन दर्ता गराउन भरतपुरस्थित पार्टी कार्यालयबाट बाजागाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको छोरीसमेत भएकाले चितवनमा रेणुप्रति चासो र चर्चा बढी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot