Logo

बिहे भएकोे १ बर्ष पछि नायिका पन्त नेपालमा



काठमाडौं, २० बैशाख । नेपाली कथानक चलचित्र ‘झोला’बाट विभिन्न अवार्ड जित्न सफल नायिका गरिमा पन्त अहिले चलचित्र क्षेत्रबाट हराएकी जस्तै छिन् । वेल्जियममा बिहे गरेर उतै बस्न थालेपछि उनी यो क्षेत्रबाट टाढा जस्तै देखिएकी हुन् ।

नायिका पन्त बिहे भएको करिब १ बर्षपछि नेपाल आएकी छन् । पन्तले आफूले पढेको विद्यालयलाई आर्थिक सहयोग गरेकी छिन् । श्री मित्रता उच्च माबी र श्री मस्र्याङ्दी सामुदायिक विद्या मन्दिरमा उनले आर्थिक सहयोग गरेकी हुन् । उनले, दुबै विद्यालयमा साढे ३ लाख सहयोग गरेकी छिन्।

उनले गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ रकम सहयोग गरेको जानकारी दिएकी छिन् । गरिमाले गतबर्ष बिहे गर्दाको समयमा नै आफू अध्यनरत विद्यालयमा रकम सहयोग गर्ने घोषणा गरेकी थिइन् । उनी, अहिले पति हरि शर्माको साथमा नेपालमा छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot