Logo

महालेखा परीक्षकमा टंकमणी शर्मा सिफारिस



काठमाडौं, २० बैशाख। संवैधानिक परिषदले महालेखा परीक्षकमा नेपाल सरकारका सचिव टंकमणी शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

बुधवार साँझ बसेको परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो । उमेर हदका कारण भानु प्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त थियो ।



प्रतिक्रिया दिनुहोस्