Logo

भरतपुर महानगरपालिकामा काँग्रेस–माओवादी केन्द्रवीच तालमेल



माओवादीलाई मेयर र  र उपमेयर काँग्रेसलाइ दिने सहमति
काठमाडौं, २१ बैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उठेकी उम्मेद्धवार रेणु दाहाललाई काँग्रेसले पनि सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री दाहाललाई काँग्रेुसले सहयोग गर्ने निर्णय पार्टी केन्द्रले गरेको छ ।

नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्र चितवनले महानगर कमिटी संयोजक इश्वर सापकोटा ‘सुमन’लाई उपमयेरको उम्मेदवार बनाएको छ ।

संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी रेणु प्रधानमन्त्री प्रचण्डकी छोरी हुन् । मतदाता नामावलीमा उनको नाम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा छ ।

उता काँग्रेसबाट मेयरमा नेपाली काँग्रेसका दिनेश कोईरालाले उम्मेद्धवारी दिएका थिए । काँग्रेस र माओवादी केन्द्रवीच तालमेल भएपछि अब काँग्रेसले उपमेयर पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot