Logo

उम्मेदवारको घरमा कसले राख्यो कालो झण्डा ?



काठमाडौं २४ बैशाख । स्थानीय तहको चुनावमा व्यस्त रहेकै बेलामा उम्मेदवारको घरमा नेपाल कम्युस्टि पार्टीले कालो झण्डा राखेको छ । चुनाव खारेजीको माग गर्दै आएको उक्त पार्टीले सुर्खेतका सबै उम्मेदवारको घरमा बिहीबार राती कालो भण्डा राखेको खबर आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

मध्यरातमा राखिएको कालो झण्डा अधिकांश उम्मेदवारले राती नै हटाएका थिए भने केहीले शुक्रबार बिहान मात्र जानकारी पाएका थिए ।

विप्लव नेतृत्वको पार्टीले जिल्लाको सबै उम्मेदवारको घरमा कालो झण्डा राखेको हो । घरमा कालो झण्डा गाडिएपछि उम्मेदवारले सुरक्षाको चिन्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot