Logo

धमलाले भने,‘अब गफ गर्नेलाई होईन, विकासप्रेमी नेतालाई चुनौं’



गरुडा च्यारिटेबल–ट्रष्टद्धारा ५ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्छ :विश्वकर्मा

काठमाडौं, २३ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नयाँ संविधानले मुलुकमा एकैचोटी पाँचवटा परिवर्तन ल्याएको बताएका छन् ।

शनिबार माईटी गरुडा च्यारिटेबल–ट्रष्टले आयोजना गरेको पहिलो वार्षिकोत्सव तथा ५ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेका नेता विश्वकर्माले संविधानले समानुपातिक–समावेशी सिद्धान्त स्थापित् गरेको बताएका हुन् ।

उनले भने,‘लोकतन्त्र, गणतन्त्र, संघियता, समानुपाति–समावेशि सिद्धान्त र धर्मनिरपेक्षताजस्ता उपलब्धीहरू ल्याउन सफल भएका छौँ, अबको काम भनेको यीनै उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने छ, काँग्रेसको शीरमा मुलुक छ, हाम्रो पार्टी २००३ सालमा जन्मेको पार्टी हो, यो देशको महत्वपूर्ण बिचार बोकेको पार्टी हो।’

विश्वकर्माले उक्त संस्थाले यस्तो सामाजिक एवम् परोपकारी कार्य गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई देशैभरि नै विशेष योजनाका साथ आवश्यकतामा रहेकाहरुसमक्ष पुर्याउन शुभकामना दिए ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको भएता पनि आज आएर वि.पीले देखाएको एकता र मेलमिलापको बाटोमा काँग्रेस हिड्न नसकेको आरोप लगाए।

धमलाले विकासप्रेमी नेताहरुलाई मात्रै जनताले भोट हाल्नुपर्ने समेत धारणा राखे । उनले भने,‘आजको दुनियाँ विकास र समृद्धिको युग हो, त्यसैले हामीले पनि विकासप्रेमी नेता खोज्नुपर्छ, कुरा काट्नेहरुलाई बेवास्ता गर्नुपर्छ, समृद्धिको एजेण्डा बोक्नेभन्दापनि काम गर्नेलाई नै चुन्नुपर्छ, गरिब असहायहरुको मन जित्नुपर्छ, तर हाम्रा नेताहरुले ढाँट्ने गरेका छन्, अहिलेको व्यवस्थालाई संस्थागत गर्नुपर्छ।’

नेपाली जनताहरुले यो बीचमा ठूला ठूला परिवर्तनहरु ल्याउन सफल भएपनि अहिलेसम्म धेरै चोटी परिवर्तनका उपलब्धिहरु गुमेको ईत्हिास भएकोले अब आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ। उनले भने,‘हाम्रो चाहना भनेको नै व्यवस्थालाई संस्थागत गर्नुपर्ने हो ।’

त्यस्तै धमलाले आयोजकले अत्यन्तै राम्रो काम गरेको बताउँदै भने,‘ आयोजक संस्थाका अध्यक्ष राजु सुनुवारजीले धेरै राम्रो काम गर्नुभएको छ, प्रशंसनीय काम गर्नुभएको छ, यो संस्थाले गरिब तथा आवश्यक परिवारहरुलाई खानेपानीको सुविधा पुरयाएको छ, असाहय गरिबहरुलाइ अति महत्वपूर्ण सामाग्रही जस्तो शैक्षिक साम्रागी तथा खानेपानी, यो धेरै उदाहरणीय काम हो ।’

उनले भने,‘आजको आवश्यकता भनेको लोकतान्त्रिक संविधानलाई कार्यन्वयन गर्नुको विकल्प छैन्, काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत सबै दल एकछानोमुनि आउनुको विकल्प छैन्, अब सरकारले विदेशियका यूवाहरूलाई स्वदेश फिर्ता ल्याउनु पर्छ, आर्थिक विकास र समाज परिर्वतन हो, त्यसको लागि काँग्रेस चुक्नु हुँदैन, स्वास्थ्थ, शिक्षाको क्षेत्रलाई फराकिलो बनाएर देशलाई सम्मृद्धि तर्फ लैजानुपर्छ।’

समाजसेवी राजु सुनारले काठमाडौंको जोरपाटीस्थित चामुण्डा उच्चमावि, अरुणा उच्च माध्यामिक विद्यालय, सियम मेमोरियल पाठशाला, एडेक नेपाल लगायत विद्यालयका करिब ६ सय विद्यार्थीका लागि शिक्षण सामग्रीहरू प्रदान गरेका छन्।

अध्यक्ष सुनारका अनुसार उक्त सामाग्रीहरु भने अष्ट्रेलिया र सिङ्गापुरमा क्रियाशिल रहेका नोहा फिलानथ्रोपी ट्रष्टले सहयोग गरेको हो । नोहा नामक अन्र्तराष्ट्रिय संस्थासँग एक दशकको लागि सम्झौता भएकोले नेपालका ७५ जिल्लामा सहयोग सामाग्रीहरु वितरण गर्ने उनले जनाए । नोहा फिलाथ्रोपीका नेपालका अध्यक्ष समेत सुनार नै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot