Logo

मधेसवादी दलमा भाँडभैलो : गठबन्धनबाट यादवलाई हटाइयो



काठमाडौं २४ बैशाख । मधेसको माग पुरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहधागी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरी निष्कासन गरेको छ ।

तर मोर्चाले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन भने, यादवले आफू मोर्चामा रहेको दाबी गर्दै आएका छन् । यादव २९ दलीय गठबन्धनबाट पनि निष्कासित भएका छन् । गठबन्धनको निर्णय विपरीत निर्वाचनमा सहभागी भएको भन्दै गठबन्धनले कारबाही गरी यादवलाई निष्कासन गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

गठबन्धनले नयाँ संयोजकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot