Logo

महाअभियोग प्रकरण टुङ्गो लगाउन सरकार र संसदमा गहिरो छलफलमा



काठमाडौं २४ बैशाख । महाअभियोग प्रस्तावको अन्यौलकाबीच सरकार र संसद दुईटै छलफलमा जुटेका छन् । ब्यवस्थापिका सांसदको बैठक आज बस्दैछ । आज बोलाइएको संसद बैठकमा महाअभियोग प्रस्तावका विषयमा छलफल गर्ने यसअघि कै कार्यसूची रहेको छ । तर कसरी अगाडी बढ्ने भन्नेमा संसद सचिवालयले निर्णय गरिसकेको छैन ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमै छलफल गर्न आज दिउँसो १ बजे संसद बैठक बोलाइएको छ । आन्तरिक परामर्शमा रहनुभएका सभामुख ओनसरी घर्तीले आजको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको रहेको छ । दलहरुबीच सहमति भइनसकेका कारण प्रक्रिया अगाडी बढ्न नसक्ने भएकाले बैठक स्थगनको तयारी भइरहेको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । संसदको बैठक अगाडी दलहरुले पनि आन्तरिक छलफल राखेका छन् । कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा महाअभियोग प्रस्ताव फिर्ता लिने वा अघि बढाउने भन्नेमा छलफल हुने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot